अंजनी माता रसोई लाई क्यानडामा बस्ने नेपालीको सहयोग

नेपालगन्ज विशेष समाचार

नेपालगन्ज १९ जेठ-भेरी अस्पतालमा संचालित विरामी र विरामी कुरूवाको लागी खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई नेपाली सहयोगी हातहरूले क्यानाडा वाट सहयोग गरेका छन ।
राजा खनालको पहलमा क्यानाडामा वस्दै आएका नेपाली क्यानेडियन संगठनको नेपाली क्यानेडियन संगठन अटवा को प्रयासमा क्यानाडाको अटवामा वसोवास गर्ने आफन्तजन र साथीहरू वाट संकलन गरिएको रकम सहयोग गरेका हुन ।
क्यानेडियन डलर १हजार १ सय को नेपाली ९९ हजार १सय ५० रूपैया कृर्षि तथा पशु विज्ञान अध्यान संस्थान रामपुर १९९३/१९९७ समुहको सहकार्यमा अंजनी माता रसोईका प्रवक्ता विमल चन्दले हस्तान्तरण गरेका हुन । अंजनी माता रसोईमा विहान वेलुका गरेर करिव ६ सय देखी ७ सय जनाले रू २० मा खाना खाने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *