अनाबिया राईको हत्यारालाई पक्राउ गर्न बाँके प्रहरी असफल : १ बजे नागरिक आन्दोलन

मुख्य खबर समाचार

सहाबुद्दिन हलवाई

नेपालगन्ज, ७ असोज-चार साता बितिसक्दा पनि अनाबिया राईको हत्यारालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गर्न असफल रहेको छ ।

भदौ ७ मा नेपालगन्जको त्रिभुवन चोक स्थित
तीब्र गतिको मोटरसाइकल एक्कसी आएर हिड्दै गरेकी अढाइ बर्षीया अनाबियालाई ठक्कर दिँदा कहिल्यै नउठ्ने गरी सधैंका लागि अलविदा भइन अनाबिया ।

बिहीवार आज दिउँसो १ बजे अनावीय राइको न्यायका लागि आज नागरिकस्तरबाट दवावमुलक आन्दोलन गरिने भएको छ ।

बालिकालाई ठक्कर दिने मोटरसाइकल चालक अहिलेसम्म फेला पार्न नसकेको बाँके
प्रहरीलाई दवाव सृजना गरि न्याय पाउनका लागि नागरिक आन्दोलन गर्न लागिएको मृतकका ठूलो बुवा अल्ताब राईले जानकारी दिनुभयो

पीडित परिवारले हिजो नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरी घटनाबारे प्रहरी प्रशासनले निष्पक्ष भएर छानवीन गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगायतको माग गरिएको छ, अल्ताब राईले बताए ।
उनले त्रिभुवन चोकमा सिसि टिभी क्यामेरा मर्मत गर्न माग गर्नु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *