अनाविया राईको न्यायका लागि नेपालगन्जमा नागरिक आन्दोलन

मुख्य खबर समाचार

सहाबुद्दिन हलवाई
बाँके, ७ असोज-
नेपालगन्जमा अढाइ बर्षीय बालिका अनाविया राईको न्यायका लागि एउटा समूहले दबाब मुलक बृहत नागरिक आन्दोलन गरेको छ ।

भदौ ७ मा नेपालगन्जको त्रिभुवन चोक स्थित
तीब्र गतिको मोटरसाइकल एक्कसी आएर हिड्दै गरेकी अढाइ बर्षीया अनावियालाई ठक्कर दिँदा
घटना स्थलमै मृत्यु भएकी बालिकाको दोषीलाई पक्राउ
गर्न नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रदर्शनकारीले ‘अनाविया राईलाई न्याय देउ’, ‘सुरक्षा व्यवस्था कडा परियोस, प्रहरी प्रशासन मौन किन?’
न्याय बेच्न पाईदैन, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

मृतकका आफन्त अल्तब राईले एक महिना बितिसक्दा पनि अनाबियाका दोषीलाई प्रहरीले पक्राउ गर्न नसक्नु चिन्ता विषय बनेको छ ।
एक हप्ताभित्र हाम्रो माग सम्वोधन नभए आन्दोलनको चेतावनी समेत दिनु दिएका छन ।

त्रिभुवन चोकमा कोणसभा गरी प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा सम्म धर्ना बसी जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो शिवराम गेलाललाई, दोषी तत्काल पक्राउ गर्नुका साथै कडा सजायको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

सो प्रदर्शनमा अधिकारकर्मी शहिदा बानो शाह , प्रकाश कुवर ,बाल अधिकारकर्मी सहिला अन्सारी लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *