सहाबुद्दिन हलवाई
बाँके, १० असोज-आइतबार नेपालगन्जको त्रिभुवनमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएकी अढाइ वर्षीया अनाबिया राइको न्यायको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ ।
भदौ ७ मा अनाबिया लाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेको छ । महिनौं बितिसक्दा पनि दोषी
लाई बाँके प्रहरीले पत्ता लगाउन सकेको छैन ।
दोषी पत्ता नलाग्दा दिनप्रतिदिन आन्दोलन चर्किदैछ ।
उक्त प्रदर्शन मुस्लिम महिला संघ र अखिल नेपाल महिला संघको आयोजनामा त्रिभुवन चोकबाट र्याली निकाली दवाव स्वरुपका निम्ति जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई ज्ञापनपत्र बुझाएको हो ।
अनावीयालाई न्याय नपाए सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । मुस्लिम महिला संघका केन्द्रीय सदस्य कश्मिरा खातुनले , `दोषीलाई तत्काल पहिचान गरि कानुनको घेरामा राखी कारबाहीको माग गर्नुका साथै सुरक्षाका लागि जडान गरिएको सिसि क्यामरा मर्मत गर्न निर्देशन समेत दिनु भएको छ ।

प्रदर्शनकारीले ‘अनाबिया राईलाई न्याय देउ’, ‘मौन बस्न पैदैन ,न्याय बेच्न पाईदैन, लगायतका नारा लगाएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले दोषीलाई कारबाही गर्न, सिसि क्यामरा मर्मत प्रहरी प्रशासन प्रतिबद्ध रहेको जिकिर गर्नुभएको छ ।