अनेरास्ववियु (क्रान्तिकारी) प्रथम सम्मेलन सम्पन्न

मुख्य खबर समाचार

सहाबुद्दिन हलवाई
नेपालगन्ज, २१ भदौ-
बाँकेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को प्रथम नेपालगन्ज उपमहानगरपालिका सम्मेलन सम्पन्न भएको छ ।
दिपेन्द्र आचार्यको अध्यक्षतामा १३ जना पदाधिकारी सहित ३१ सदस्यीय को नगर कमिटी गठन गरिएको हाे ।
नव गठित समितिको उपाध्यक्षमा सन्तोष नेपाली, सचीव विना चदारा , सहसचिव राकेश सुनार, विशाल चौधरी, विशाल वागचन लगायत
काेषाध्यक्षमा महेश्वरी सिंह लाई सर्वसम्मत रुपमा चयन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज मर्मजन बमले बताउनुभयाे।

विद्यार्थीहरुको हकहित र आवाजलाई उठाउनुका साथै अनुशासन भएर अगाडि बढ्न विद्यार्थी युवाहरूलाई आग्रह गर्दै, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दैलेख जिल्ला सदस्य नवराज योगीले नवनिर्वाचित पदाधिकारीहरुलाई अबिर, टीका र खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे ।

सो सम्मेलन कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश सयोजक नारायण खनाल , केन्द्रिय सदस्य तथा सह सयोजक तुल्सिमाणी के.सी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका सदस्य निरक पोख्रेल लगायतका अतिथिहरुको सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *