अन्तरालको आयोजनामा नेपाल फोटोग्राफी समिट हुने

बिज्ञान तथा प्रविधि मुख्य खबर समाचार

अन्तरालको आयोजनामा नेपाल फोटोग्राफी समिट हुने
नेपालगन्ज, ११ फागुन–आगामी चैतको पहिलोसाता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएकोछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस मिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुखकार्यकारी जयनारायणशाहले भने‘ समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।
तेस्रो नेपालगंज फोटोफेस्टिवलको सन्दर्भपारे र आयोजना गर्नलागिएको फोटोग्राफी समिट संभवत नेपालमै पहिलो पटक हो । विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहनु फोटोग्राफरहरु र संचार माध्यममा कार्यरत फोटोपत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् । ‘रिलवाला’ क्यामेरा देखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइ रहेको पुस्ताको एकै ठाँउको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।
समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरु वारे कार्यपत्रप्र स्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमणर फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । समिटमा ११ जना अग्रज फोटोपत्रकार फोटोग्राफरहरु विशेष अतिथीको रुपमा सहभागी हुनेछन भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुनपाउने छन जसका लागि नाम रजिस्ट्रेशन गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय ९ प्रशिक्षार्थी समेत सहभागी हुनेछन् ।
‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जय नारायण शाहले भने समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *