अपांगता भएका ब्यक्तिहरुलाई आयआर्जनका लागि बाख्रा बितरण

समाचार

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा बसोबास गर्ने अपांगता भएका ब्यक्तिहरुलाई आयआर्जनका लागि बाख्रा बितरण गरिएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर १३ को सहयोग,वडा स्तरीय अपांगता समितीको समन्वयमा नगर स्तरीय अपांगता संजाल नेपालगंजले शुक्रबार वडा नम्बर १३ का ६ जनालाई ७५ हजार बराबरको बाख्राहरु हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा सदस्यद्वय सत्यनारायण यादब र ओमप्रकाश चौहान, संजाल बाँकेका उपाध्यक्ष भावुक जंग थापा, बरिस्ठ उपाध्यक्ष दिपा थापा, पुष्प प्रसाद उप्रेती लगायतले बाख्रा बितरण गर्नुभएको थियो। वडा अध्यक्ष बिरेन्द्र बहादुर शाहले अपांगता भएका ब्यक्तिहरुलाई जिवनयापन गर्न तथा आय आर्जन गर्न सहज होस भन्ने उद्देश्यले बाख्रा सहयोग गरिएको बताउनु भयो। उँहाले वडाले यस्ता सामाजिक कार्यहरु बिगतमा गर्दै आएको र आगामी दिनमा पनि जारी राख्ने प्रतिबद्धता जनाउनु भयो। डेक नेपाल बाँकेको सहजीकरणमा बाख्रा हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *