अबैध सुनसहित दुई जना पक्राउ

मुख्य खबर समाचार

नेपालगन्ज, ७ बैशाख-बाँके प्रहरीले अबैध सुनसहित२ जनालाई पक्राउ गरि बिहिबार सार्बजनिक गरेको छ।
आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै प्रहरीले करिब ५ किलो सुनका गरगहनासहित दुईजनालाई सार्बजनिक गरेको हो।
पक्राउ पर्नेमा मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका-९ बस्ने ४२ बर्षिय रमेश सोनी र सोही ठाउँ बस्ने ३६ बर्षिय प्रकाश ठाकुर रहेका छन। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बुधबार बेलुका करिब ९ बजेको समयमा नेपालगन्ज-४ न्युरोडस्थित न्यु ईन्द्रेणी होटेलतर्फ जादै गरेका केही मानिसहरुले सुनको अबैध कारोबार गरिरहेको प्राप्त सुचना अनुसार सोनी र ठाकुरलाई चेकजाँच गर्दा उनीहरुबाट ४ किलो ९ सय २७ ग्राम सुनका गरगहना लगायत विभिन्न बीलहरु, डिजिटल तराजु, बैंकका चेकहरु फेला पारेको जानकारी दिनु भयो। बरामद गरिएको सुनका गहनाहरुमा सुनको सिक्री, माला, चुडा, बाला, झुम्का,मुन्द्री, ब्रासलेट र औँठी रहेका छन। ४ सय २२ दशमलव ५७ तोला तौल रहेको उक्त सुनको बजार मूल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रुपैया रहेको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो। पक्राउ गरिएका सोनी र ठाकुरलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *