नेपालगन्ज , ७ भदौ-नेपालगन्जको होटेल स्नेह स्थित अवैध रुपमा भन्सार छली लाएको कपडा प्रहरीले बरामद गरेको हाे ।
बाँकेको जानकी गाउँपालिका साइगाउ र बेलभारबाट
अवैध रुपमा भन्सार छली ल्याएको बेवारिसे अवस्थामा रहेको लत्ताकपडा लगायतका विभिन्न समान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

उक्त अवैध सामानको अन्दाजी मुल्य १ लाख ९५ हजार रहेको प्रहरीको अनुमान छ । बरामद गरेको सामान आवश्यक कार्वाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएकाे छ ।