अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा

शिक्षा समाचार

नेपालगन्ज-अष्ट्रेलियाका कलेज प्रतिनिधिहरु नेपालगन्जमा पहिलो पटक शैक्षिक परामर्शमा सहभागीमा भएका छन् । उक्त शैक्षिक परामर्शको व्यवस्थापन सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जले गरेको हो । नेपालगन्जमा गरिएको शैक्षिक परामर्शमा हस्पिटालिटी, इन्जिनियरिङ, विजनेश अकाउन्टिङ, हेल्थ नर्सिङ र आइटीलगायतको अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रलिया जान सकिने जानकारी प्रदान गरिएको थियो । तिनै कलेजका प्रतिनिधिहरु नेपालगन्जमा आएर शैक्षिक परामर्शमा सहभागी भएका हुन् ।

ब्लु लोटस कलेजका कन्ट्री म्यानेजर टिकाध्वज भण्डारी (कमल), भिवे कलेजका मार्केटिङ म्यानेजर कैलाश पोख्रेल, अष्ट्रेलिया नेशनल इन्स्टिच्यूट अफ एजुकेशनलका डाइरेक्टर राधव सरिनलगायतको सहभागीता रहेको थियो । आयस्लस पास गरेर अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अफरलेटर समेत हस्तान्तरण गरिएको सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालका म्यानेजिङ डाइरेक्टर प्रज्ज्वल बस्नेतले जानकारी दिनुभयो ।

सक्सेस एजुकेशनल कन्सल्टेन्सी नेपालगन्जका प्रमुख अजय न्यौपानेले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुले आफुहरुसँग सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ । उक्त परामर्शमा जिभिएन कलेज, मोर्डन कलेज, होलिल्याण्ड कलेज, आर्दश कलेज, एमपी कलेजको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *