एजेन्सी-फक्स क्रिकेटका अनुसार उनी अचेत अवस्थामा फेला परेका थिए । स्वास्थ्यकर्मीहरुले बचाउन अथक प्रयास गरेपनि नसकेको जनाएको छ । सन् १९९९ मा अष्ट्रेलियालाई विश्वकप जिताउन उनले उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । फाइनलमा पाकिस्तानलाई ८ विकेटले हराउँदै उपाधि जित्दा उनले ४ विकेटका साथ प्लेयर अफ द म्याच चुनिएका थिए ।
विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए । उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलंका स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए ।
उनको स्पिनमा जादुमय प्रदर्शन थियो । १९९३ देखि २००३ सम्म अष्ट्रेलियाको सर्वाधिक प्रतिष्ठि एसेज सिरिज पाँच पटक जित्दाका सदस्य थिए ।वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यू गरेका थिए । २००७ मा सिड्नीमै इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए । ओडिआईमा उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए ।
उनले अन्तिम खेल मेलबर्नमा एसिया ११ विरुद्ध २००५ म खेलेका थिए । वार्न लेगस्पिनमा विश्वका सर्वाधिक सफल बलर हुन् । स्पिनमा टर्न बलको कुरा गर्दा उनको याद पहिला आउने गर्दछ । विश्व क्रिकेटकै एक सर्वाधिक सफल स्पिनर वार्नको असामयिक निधन भएको छ ।