अस्ताउँदो सुर्यलाई अर्घ दिइ छठ पर्व मनाइयो

मुख्य खबर समाचार

नेपालगन्ज, १३ कात्र्तिक-बाँके लगायत तराईमा हर्सोल्लासका साथ छठ पर्व मनाइएको छ । आइतबार अस्ताउँदो सुर्यलाई अर्घ दिइ छठ पर्व मनाइएको हो । छठ पर्वका लागि बागेश्वरी मन्दिर परिसरको तलाउ सजाईएको थियो ।

सूर्यको उपासना गरेर विशेष गरी तराई क्षेत्रका विभिन्न समुदायका वासिन्दाले छठ पर्व मनाउने गरेको भए पनि पछिल्ला वर्षहरूमा पहाडी समुदायका भक्तजनहरूले पनि यो पर्व मनाउन थालेका छन् । पछिल्लो समय सबै हिन्दुहरूले साझा पर्वका रुपमा छठ पर्वलाई मनाउन थालेपछि बागेश्वरी मन्दिर परिसरको तलाउमा छठको वर्त बसी सूर्यलाई अर्घ दिने भक्तजनहरूको भीड लाग्ने गरेको छ ।

छठमा ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । छठको पहिलो दिन ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले दोस्रो दिन अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र तेस्रो दिन पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछन् ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन गर्ने परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *