नेपालगन्ज- नेपालगन्जको आईडियल माबीले गणतन्त्र दिवस मनाएको छ।सोमबार गणतन्त्र दिवसको अवसरमा बिधालयले बिद्यार्थीहरु संग अन्तरकृया सम्पन्न गरेको छ।
सो कार्यक्रममा बिद्यार्थीहरुले संघीयता,लोकतन्त्र,प्रजातन्त्र र गणतन्त्र बारे आफ्नो बिचारधारा प्रकट गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी ईस्लामिक संघका लुम्बिनी प्रदेशका अध्यक्ष उबेदुररहमान बिशिस्ट अतिथी बाल तथा युवा अधिकारकर्मी साहिल अन्सारी,सामाजिक अभियान्ता प्रकाश कुवर,प्रधानाध्यापक बिरेन्द्र श्रीवास्तव लगायतले मन्तव्य ब्यक्त गरेका थिए।सो कार्यक्रममा बिधालयका विद्यार्थी,शिक्षक र बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।सो कार्यक्रम बिधालयका ईलयास अन्सारीको सभाध्यक्षतामा भएको थियो। उक्त कार्यक्रम सोही बिधालयका शिक्षक आदिल अन्सारीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन मेहरुन नवाजले गर्नुभएको हो।
आइडियल स्कुलले मनायो गणतन्त्र दिवस
