आइपिएलको १६ औं संस्करण इन्डियन प्रिमियर लिग आजदेखि शुरु

खेलकुद समाचार


नेपालगन्ज, १७ चैत–इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ आजदेखि शुरु हुँदैछ । आइपिएलको १६ औं संस्करण भारतका विभिन्न सहरमा हुनेछ । यो प्रतियोगितामा १० टोली सहभागी रहेका छन ।

प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ । आइपिएलमा सर्वाधिक धेरै उपाधि मुम्बई इन्डियन्सले पाँच, चेन्नई सुपर किंग्सले चार, कोलकाता नाइट राइडर्सले दुई, राजस्थान रोयल्स, गुजरात टाइटन्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले समान एक पटक उपाधि जितेका छन् ।

इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *