आईएमई लाईफ इन्स्योरेन्स कोहलपुरद्वारा २० लाखको मृत्युुदावी भुक्तानी

मुख्य खबर समाचार

कोहलपुर, ८ असार-आई एम ई लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यलायाले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक बर्ष पूरा नहुदै कोहलपुर ५, बाँकेका लक्ष्मण कुमार थापाको बैशाख २२ गते कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया लगतै एजेन्सी म्यानेजरले समयमै कम्पनिलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीले पनि राम्रो ब्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको मृतककी श्रीमति हिमा न्यैपानेले सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् । कार्यक्रममा बोल्दै आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख ले कम्पनीका सबै काम डिजिटल माध्यममा बाट हुने कुरा जानकारी गराउदै आउदो दिनमा अनलाईन को माध्यमवाट दाबिकर्ता स्वयंले आफै घरै बाट भुक्तानी लिने ब्यवस्थापनतिर कम्पनी लागिपरेको जाननकारी दिए । कार्यक्रममा कोहलपुर शाखाको सबै कर्मचारी र एजेन्सी म्यानेजर देबेन्द्र पौडेल, खुम डाङ्गी र तेज बहादुर अधिकारिको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *