नेपालगञ्ज-५, कात्तिक – जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरुमा आपूm बहस गर्न चुनौती दिएका छन् ।
आफ्ना विपक्षी उम्मेदवारहरुले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरु गरेको छ, झुटा बाचाहरु गरिरहेको छ तर म उहाँहरुलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईहरुले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु’।
उनले भने ‘कसले भनिरहेका छन् कि इश्तियाक राईले भ्रष्टाचार गरिरहेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ । तपाईँहरुसँग मेरा विरुद्ध प्रमाण छ भने लिएर आउन चुनौती दिन्छु । प्रमाणित गरिदिनुस् कि मैले काम गरेको छैन भ्रष्टाचार गरेको छु त्यो बेला म राजनीतिबाटै सन्यास लिनेछु ।
तत्कालीन मेयर धवल शमशृर राणले आपूmलाई खुबै सदाचारी बनाउन खोजे पनि उनको भ्रष्टाचारका कर्तुत एकपछि अर्को सार्वजनिक भइरहेको आरोप लगाए । उनले भने अख्तियारले नै जसमाथि भ्रष्टाचारको अभियोगमा अनुसन्धान गरिरहेको छ जसका विरुद्ध ३/३ वटा उजुरी परेको छ । उसले नै सदाचारको कुरा गर्न सुहाउँदैन । उनको विरोधीहरुले अरु केही मुद्दा नपाएर झुटा कुराहरु र धर्मको मुद्दालाई उठाउन थालेको बताए ।
त्यो बेला मैले पैसा दिन्छु भनेकै हुँ । तर मैले शर्त राखेको थिएँ कि नगरपालिकाले दीर्घकालीन योजना अघि सारोस् । भेरी अञ्चल अस्पतालको भवन शिलान्यास गर्दा भनेको हुँ । भिडियो अहिले पनि सुरक्षित छ । त्यसलाई प्रष्टयाउँदै राईले भने तर त्यो बेलाका मेयरसाब अहिले चुनावी मैदानमा हुनुहुन्छ, उहाँले त्यो योजना ल्याएको खोई ? उल्टै कोरोनाकालमा भेन्टिलेटर खरिद गर्न दिएको पैसा पनि प्रिज गराइदिनुभयो ।
अहिले त्यस्ता भ्रमहरु छरेर चुनाव जितिन्न । मैलृ केके काम गरेँ भन्ने प्रमाण जनताको हातहातमा छ । निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उम्मेदवार राईले त्यस्ता भ्रमहरुको पछि नलाग्न र घरदैलोमा आउने विपक्षी दलका नेताहरुलाई ती प्रश्नहरु सोध्न आह्रवान गरे ।