आजको शिक्षालेनै भोलीको सफल भबिश्य निर्धारण गर्ने

शिक्षा समाचार


नेपालगन्ज ः बाँकेमा एसईई परिक्षा उत्र्तिण गरेर बसेका बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि सहजिकरण गर्ने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई पढाईका विषय तथा पुर्व तयारी कक्षा लगायतका विषयमा जानकारी गराउने उद्धेश्यले युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न गरेको हो ।
बाँकेमा एसईई परिक्षा उत्र्तिण गरेर बसेका २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक ढाकाराम लामिछानेले सहजिकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई कस्तो विषय कहाँ पढ्ने, बिद्यार्थीले पढाइमा इच्छा जगाउँन के गर्ने, तथा पुर्व तयारी कक्षा लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले पढाइलाई रुचि बनाएर पढ्ने गरे मात्र शिक्षा क्षेत्रमा सफल हुने बताउनु भएको थियो ।
युनाइटेड एजुकेशनल एकेडेमीले लामो समयदेखी बिद्यार्थी तथा अभिभावकको बिश्वास जित्दै शिक्षा क्षेत्रमा राम्रो उपलब्धी कमाएको युनाइटेड एजुकेशनल एकेडेमीका प्रध्यानाध्यापक बिकास बज्रचार्यले बताउनुभयो । बिद्यार्थीले पढाइको महत्व बुझेर ध्यान र मन लगाएर पढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । आजको शिक्षालेनै हाम्रो भोलीको सफल भबिष्य निर्धारण गर्ने हुने भएकोले राम्रोसंग शिक्षामा ध्यान दिए मात्र सफलताको सिढी चढिने प्रध्यानाध्यापक बज्रचार्यले बताउनुभएको छ । युनाइटेड एजुकेशनल एकेडेमी संस्थाका अध्यक्ष भिम प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड एजुकेशनल एकेडेमीका एमडी गणेश पाठक, युनाइटेडका कक्षा ११ का बिद्यार्थीको सहभागीतामा कक्षा ११ र १२ का बिद्यार्थीहरुले आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम युनाइटेड एजुकेशनल एकेडेमी डाइरेक्टर तथा फाउण्डर सतानन्द उपाध्यायले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *