आज देखि ईपिएल सुरु

खेलकुद मुख्य खबर

नेपालगन्ज, ९ असाेज-आज देखि एभरेस्ट प्रीमियम लिग (ईपिएल) सुरु हुँदैछ । पहिलो खेलमा काठमाडौ किङ्स ११ र ललितपुर पर्टिओर्स भिड्नेछन् ।

पहिलो खेल १२ बजे र १५ मिनेटमा त्रिवीको मैदानमा काठमाडौ र ललितपुर खेलखेल्ने छन ।

एभरेस्ट प्रीमियम लिग (ईपिएल) मा विश्व क्रिकेटका सुपरस्टार अलराउन्डर तथा पाकिस्तानी पुर्वकप्तान शाहिद अफ्रिदी सहित विभिन्न २४ देशका विदेशी खेलाडीहरुले भाग लिएका छन् ।

अफ्रिदीले दुई खेल खेलेर आफ्नो फाउन्डेसनको विशेष कामका लागि पाकिस्तान फर्किनेछन । अफ्रिदीले छक्काको बर्सात गरेर दर्शकहरुको मन जित्नेछु भनेर एल अन्तर्वार्तामा चर्चा गरेका छन ।

(ईपिएल) मा प्रथम हुने विजेतालाई ५० लाख र उपविजेतालाई १५ लाख राशी सहित कप को वयवस्था गरिएको छ ।

काठमाडौ किङ्स ११ :
सन्दीपको नेतृत्वमा किङ्स ११ बाट अफ्रिदीसहित नेपाली खेलाडीहरु सुवास खकुरेल, शेर मल्ल,  मोहम्मद साम्सद शेख, दीपेन्द्र ऐरी, जितेन्द्र मुखिया,
सिद्धार्थ लोहनी,अशोक चन्द, अमित श्रेष्ठ ,अमर सिंह रौतेला र गुल्सान झा, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज टिममा रहि खेल खेल्नेछन् ।

त्यस्तै
ललितपुर प्ट्रीओर्स
कुशल भुर्टेलको नेतृत्वमा चार जना विदेशी खेलाडी अजमहतुल्लाह ओमर्जाइ ओशदा फिरनन्दो सन्दुन वीईरेक्कोडी र मिक्यो दोर्जी लगायत नेपाली खेलाडीहरु  , सुॠ तामाङ , पावन सराफ , सन्दिप जोरा , सोनु तामाङ , रशिद खान ,शंकर राना , योगेन्द्र सिंह कार्की , नारायण जोशी , ललित राजवन्शी ,अर्यो पौडेल , बिभत्शु थापा , कमल खत्री ,रिजन ढकाल ,
नगराज सिंह , टिममा रही खेल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *