नेपालगन्ज ः आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखा बाँकेले डस्विन तथा फलफुल वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आशा लघुवित्तले बाँकेको खजुरा गाउँपालिकाका विभिन्न स्थानमा डस्विन तथा फलफुल वितरण गरेको हो । खजुरा गाउँपालिका वडा नं. ३ स्थित रहेको ईलाका प्रहरी कार्यालय धनौली खजुरा, अस्थाई ट्राफिक प्रहरी पोष्ट धनौली खजुरा, खजुरा ब्याडमिन्टन क्लब खजुरा ३, लक्ष्मी नारायण मन्दिर खजुरा, शिव मन्दिरधाम खजुरा ३ बाँकेमा डस्विन तथा शुसिल कोइरला प्रखर क्यान्सर अस्पतालका क्यान्सर पिडित सय जना विरामीलाई फलफुल वितरण गरिएको आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुराका शाखा प्रबन्धक सन्जित ओलीले जानकारी गराउनुभयो ।
आशाद्धारा डस्विन र क्यान्सर पिडित विरामीलाई फलफुल वितरण
