आशा लघुवित्तलाई खजुराको सम्मान

समाचार

नेपालगन्ज, ११ असार-आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुरालाई खजुरा गाउँपालिकाले सम्मान गरेको छ । खजुरा गाउँपालिकाले बिहीवार आयोजना गरेको नवौँ सभामा आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुरालाई सम्मान गरेको हो । आशा खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीलाई नवौं सभामा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति र उपप्रमुख एकमाया विकले सम्मान गर्नुभएको छ । आशाले खजुरागाउँपालिकामा गरेको योगदानको उच्च मुल्याङकन गर्दै गाउँपालिकाले सम्मान गरेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी गराउनुभयो । जुनकिसिमको आशा लघुवित्तले गरेको सहयोग खजुरा गाउँपालिकाको अतुलनिय रहेको भन्दै एक कार्यक्रमका विच सम्मान गरिएको उहाँले जानकारी गराउनुभयो ।


कोरोनाको हटस्पट मानेको बाँकेलाई न्युनिकरण गर्न आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले आइसोलेशन सेन्टरमा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको थियो । विपतमा पनि आशा संस्थाले गरेको योगदानको गाउँपालिकाले पनि दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीले गराउनुभयो । आशा संस्था २०७४ जेठ २ गतेदेखी सञ्चालनमा रहेको छ । खजुरा शाखामा १ हजार ३ सय ६७ जना सदस्य रहेका छन् । जसमा संस्थाले १४ करोड लगानी गरेको छ भने ९ सय ११ जनाले यस संस्थाबाट कारोबार अर्थात ऋण प्रवाह गरि लाभ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *