नेपालगन्ज, २ बैशाख–इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ ।
मुम्बइस्थित डा डीवाई पाटिल स्टोर्टस एकेडेमीको मैदानमा सम्पन्न खेलमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको हो । टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले ८ चौका र ४ छक्काको सहायतामा सर्वाधिक अविजित ८७ रन बनाउँदा अविनब मनोदरले ४३ र डेभिड मिलरले ३१ रन बनाए । त्यसअघि ओपनर द्वय म्याथ्यु वेडे र शुभमन गिलले क्रमश १२ र १३ रन बनाएका थिए ।
राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए ।
इण्डियन प्रिमियर लिगमा गुजरातको रोमाञ्चक जित
