नेपालगन्ज–इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज, इबादत गर्ने गर्छन् ।
रमजानको महिना इस्लाम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ कुरान, नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दा भिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ ।