काठमाडौ, ७ असोज-बिहीवार त्रिभुवन विमानस्थल काठमाडौमा विश्व क्रिकेटका सुपरस्टार अलराउन्डर तथा पाकिस्तानी पुर्वकप्तान शाहिद अफ्रिदीलाई
भव्य स्वागत गरिएको छ ।
बिहीवार शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन् ।
उनी, काठमाडौं किङ्ग्स ११ मा बाट खेल्नेछन ।
नेपाल झरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र विकास तथा अगाडि बढेको हेर्न चाहेका छन् , ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको हुँ ।’
साथै उनले आफूलाई सुन्दर देश नेपाल घरजस्तै लागेको र आउन पाउँदा खुसी लागेको व्यक्त गरे।
अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् ।
व्यक्तिगत कामका कारण दुईवटा खेल खेलेर पाकिस्तान फर्किन्छु भनेर अफ्रिदी जिकिर गरे ।
सन्दीपको नेतृत्वमा किङ्स ११ बाट अफ्रिदीसहित नेपाली खेलाडीहरु सुवास खकुरेल, शेर मल्ल, मोहम्मद साम्सद शेख, दीपेन्द्र ऐरी, जितेन्द्र मुखिया,
सिद्धार्थ लोहनी,अशोक चन्द, अमित श्रेष्ठ ,अमर सिंह रौतेला र गुल्सान झा, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज टिममा रहि खेल खेल्नेछन् ।