उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई राहत वितरण

समाचार

नेपालगन्ज, १३ असोज-नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई सहयोग प्रदान गरिएको छ । सुन्दर नेपाल सस्था र नेपाल बिकास समाजको सहयोगमा ६० जना सरसफाइ कर्मचारीलाई प्रतिब्यक्ती २५ किलो चामल ८ किलो दाल,टोपी,मास्क,ग्लोब्स,प्रिसेट,जुत्ता सहयोग गरिएको हो । कोभीड रोकथाम र नियन्त्रणमा अग्र भागमा खटिएका सरसफाइकर्मिलाई सहयोग गरिएको हो ।

दोश्रो चरणमा अन्य सरसफाइकर्मिलाई पनि सहयोग गरिने छ । नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ इन्जिनियर प्रकाश डिसी, मेयर डाक्टर धवल शमशेर राणाका स्वकीय सचीव बिरेन्द्र रावत लगायतले सहयोग हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *