उम्मेदवार राई जनताको घरदैलोमा

नेपालगन्ज विशेष समाचार

बाँके : जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ । बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो । जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन् । यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू खोलेपछि जसपाले घरदैलो कार्यक्रम सुरू गरेको हो । घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *