एक ट्रक अाैषधि प्रहरीको नियन्त्रणमा

समाचार

नेपालगन्ज -२७ भदौ-वीरगन्जमा शंकास्पद एक ट्रक अाैषधि सहित एकजान चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नं. २ को सरोज मियाँ रहेको प्रहरीले जनाएको छ।

पर्सा जिल्ला वीरगन्ज प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित ना. ३ ख. १३३५ नं. को ट्रकमा शंकास्पद चेकजाँच गर्नुका साथै आयात गर्न ईजाजतपत्र र चिकित्सकको स्वीकृति पत्र नलिएको प्रहरीले बताएको छ ।

उक्त ट्रक भित्र १३ लाख ४८ हजार सात सय छियत्तर रुपैयाँको बराबरको ७८६ कार्टुन प्लोय्विओन २५० एम. एल सिरप अाैषधि फेला पारी संलग्न ट्रक चालक मियाँलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज अाैषधि व्यवस्था विभाग कार्यालय ,पर्सामा पठाइएको प्रहरीले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *