एमाले फुटको असर लुम्बिनी प्रदेशमा नपरेको : विष्णु पौडेल

मुख्य खबर समाचार

बुटवल, २३ भदाै-नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले फुटको असर लुम्बिनी प्रदेशमा नपरेको बताउनुभएको छ । बुधवार बुटवल प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजनाको गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले समाजवादीको नाउमा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा एमालेले जनताको जनमतबाट आफ्नो हैसियत प्रष्ट पार्ने दाबी गर्नुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले एमालेको शक्तिलाई क्षीण बनाउन गठबन्धनको सरकारले अध्यादेश ल्याएर केही मानिसहरुलाई पार्टी बाहिर जाने बातावरण बनाए पनि आफै अलग हुने हैसियत समेत नभएका माधव नेपालको समूह जनताको बीचमा स्थापित हुन नसक्ने ठोकुवा समेत गर्नुभयो ।

उहाँले भूमिहिन,सुकुम्बासी,व्यवस्थित बसोबासीको समस्या समाधान गर्न एमालेको सरकारले नीति र विधि बनाएर काम अगाडि सारे पनि वर्तमान सरकारले त्यसलाई खारेज गरेर गलत निर्णय गरेको उहाँले जिकिर गर्नुभयो । प्रतिपक्षमा रहे पनि नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गर्नुभयो ।

पूर्व अर्थमन्त्री पौडेलले एमसीसीको विषयमा एमालेले संसदमा टेवुल भएपछि धारणा सार्वजनिक गर्ने र राष्ट्र हितमा असर हुने गरी कुनै सम्झौता नगर्ने बताउनुभयो ।

उहाँले पार्टीको कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई पालना गरेर  सोही अनुरुप प्रदेशका १२ वटै जिल्लामा पार्टीको कामलाई अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *