एमाले बाँके ३ नं. क्षेत्रको पुर्ण बैठक सम्पन्न

समाचार

खजुरा, २५ असोज– नेकपा ( एमाले ) बाके क्षेत्र न-३ बाकेको क्षेत्रीय कमिटी को बैठक खजुरामा सम्पन्न भएको छ। नेकपा ( एमाले ) का नेता कमरेड बाबुराम गौतम को प्रमुख आथिथ्यतामा सम्पन्न बैठक ले बाबुराम गौतम संयोजक, नन्द बिश्वकर्मा र पदम धिताल सह- संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह- संयोजक रहनेगरी प्रचारप्रसार उपसमिती, किरण ढकाल संयोजक रहेको घोषणा पत्र निर्माण समिती , दिपकराज अधिकारी संयोजक बिज्ञान कक्षपती र इन्द्रबहादुर थापा सह- संयोजक रहेको आर्थिक उपसमिति , तिलकवीर सुनार संयोजक रहेको युवा परिचालन समिति बिमल मल्ल संयोजक रहेको बिद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ। बैठक ले सम्पुर्ण पार्टी पङ्तिलाइ एकढिक्का भएर निर्वाचनको अभियानमा जुट्न आव्हान गरेको छ, असोज २७ गते प्रदेशको बैठक र ३१ गतेसम्म क्षेत्र भरिका सबै वडा कमिटीहरु बैठक सम्पन्न गर्ने निर्णय बैठकद्वारा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *