एसपी अधिकारीको एक्सन अपराधिक घटना न्युनिकरण गर्ने प्रतिवद्धता

मुख्य खबर समाचार

नेपालगन्ज, १६ असार-बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जिल्लामा हुने अपराधिक गतिविधिलाई निस्तेज पार्न कुनै कसुर बाँकी नराख्ने जानकारी गराउनुभएको छ । बुधवार जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेका पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा एसपीले यस्तो बताउनुभएको हो । बाँकेमा एसपी अधिकारी आएको ४ दिनभएको छ । जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी अधिकारीले सिमानाका हुने तस्कर, यौन धन्दा, लकडाउन, ट्राफिक व्यवस्थापन, लागुऔषध न्युनिकरण लगायतका विभिन्न अपराधिक घटनालाई न्युनिकरण गर्न कडाईका साथ लाग्ने जानकारी गराउनुभयो । प्रहरी र पत्रकार विच हुने सम्बन्ध सुमधुर हुन र एक अर्कामा सघाउ पु¥याउन उहाँले जोड दिनुभएको थियो । कुनै पनि अपराधिक घटना वा जानकारी आए खबर गर्नुस तत्काल कारवाहीको दायरामा ल्याउने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । बर्षेनी बाढिका कारण हजारौं नागरिक अलपत्र पर्नु र बाढिको जोखिमबाट बच्नको लागि पुर्व तयारी भैसकेको उहाँले जानकारी गराउनुभयो । एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आउनुभएको छ । यस्तै बाँके प्रहरीका डिएसपी मधुसूदन न्यौपानेले पनि आफ्नो कार्यभार सम्हालेर कार्य गरिरहेको जानकारी गराउनुभयो । कुनै पनि सुचना वा जानकारी आए चौविसै घण्टा घटिने उहाँले पत्रकार समक्ष जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *