नेपालगन्ज, २८ मंसिर–सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोम ईन्टरनेशनलको सहयोगमा गरिएको कार्यक्रममा कमिट नेपाल बाँकेका कार्यकारी निर्देशक केशव नेपालीले वार्षिक कार्यप्रतिवेदन पेश गर्नुभएको थियो । जस अन्र्तगत वादी समुदायलाई अगाडी बढाउन र सशक्त बनाउनको लागि बाँके र बर्दिया जिल्लामा विभिन्न परियोजना परिचालन गरिएका छन् । परियोजनाद्वारा बाँके र बर्दियाका वादी समुदायका बालबालिका तथा युवा युवतीहरुलाई शिक्षामा सहयोग गरि विभिन्न किसिमका सचेतनामुलक तालिम, भेटघाट तथा परामर्श सेवाको माध्यमले समुदायमा सकारात्मक धारणाको बिकास गरिएको छ । यसरी क्षमता विकासको क्षेत्रमा काम गर्दा वादी समुदायका ब्यक्तिहरु आफ्नो हक हित सुनिश्चितताको लागि सरकारी तथा अन्य सम्बन्धित निकायहरुसँग समन्वय, सहकार्य, सञ्जाल र साझेदारीमा बृद्धि भएको कार्यप्रतिवेदनमा पेश गरिएको छ । परियोजना बनाएर पैरवी गर्दा दाङ, बाँके र बर्दिया जिल्लाका स्थानीय निकायमा वादी समुदायका केहि प्रतिनिधीहरु निर्वाचित हुन सफल भएको तथा राजनितिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा वादी समुदायका विशिष्ट समस्याहरु उल्लेख गर्दै कार्यान्वयनको घोषणा गरेको लगायतको उपलब्धी भएको कार्यप्रतिवेदन सहित पेश गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कमिट नेपाल बाँकेका अध्यक्ष प्रकाश नेपालीले गर्नु भएको थियो ।
(कमिट) नेपाल बाँकेको बार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न
