कमेडी च्याम्पियन–२ को विजेता बने भरतमणि पौडेल

मनोरञ्जन मुख्य खबर समाचार

कमेडी च्याम्पियन–२ को उपाधि भरतमणि पौडेलले जितेका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा पौडेलले उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका पेन्टोमाइम गरेर चर्चामा आएका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बने । उपाधि जितेका भरतमणि ‘कमेडी च्याम्पियनमा सात पटकसम्म पर्फर्मर अफ द राउण्ड बनेका थिए ।

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन कान्तिपुर टीभी र युट्युब च्यानल ओएसआर रियालिटीबाट प्रशारण हुँदै आएको थियो । कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *