कस्मिरा खातुनकोे वडा नं. २ बाट अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा

मुख्य खबर समाचार

नेपालगन्ज–स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा जनप्रतिनिधिका लागि होडवाजी चलेको छ । हरेक स्थानिय तहमा वडा अध्यक्षदेखि मेयर, उपमेयर, सदस्यसम्मको होडवाजी चलेको हो । बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदको उम्मेद्वार माओवादी केन्द्रबाट प्रमुख दाबेदार कस्मिरा खातुनकोे वडा अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा भएको छ । जनतासंग मिलेर काम गर्ने मनसायका साथ वडा अध्यक्ष पदमा उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।
वडाका हरेक बाटोघाटो, नाला, मठमन्दिर, शिक्षा, खेलकुद लगायत विभिन्न किसिमका समस्या बुझेको छु म अध्यक्ष भएर आए भने यसलाई पुरा गर्ने प्रतिवद्धता गर्दछु उहाँले भन्नुभयो । जनताको घरमा जाँदा राम्रो प्रतिक्रिया र साथ पाएको छु । अध्यक्षमा आउने झन उत्साह थपेको छ उहाँले भन्नुभयो । वडा अध्यक्ष जिते भने जनताको चाहना र माग बमोजिम काम गरेर देखाउने उहाँले बाचा गर्नुभयो ।
महिला उद्यमी एवम समाज सेवीको रुपमा नेकपा माओवादी केन्द्रको नेपालगन्ज नगर कोषाध्यक्ष तथा माओवादी केन्द्रको भातृ संगठन मुस्लिम मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्य समेत रहेको कस्मिरा खातुन उपमेयर पदको उम्मेदवारको रूपमा चर्चामा रहनुभएको थियो ।


मिलनसार स्वभावका कस्मिरा खातुन आफूले अध्यक्ष जित्नेमा कुनै शंका नरहेको जिकिर गर्नुभयो । लामो समय समाजसेवामा कार्यरत रहेका नेता कस्मिरा खातुन जनताको साथ सहयोग र माया पाएको हुनाले वडा अध्यक्षको जिम्मेवारी लिएर वडावासीको सेवा गर्न आफु तम्तयार रहेको बताउनुभयो । वडालाई चाहेको विकास मेरो टिमले दिने उहाँले वाचा गर्नुभएको छ ।
वडामा पानीको अभाव, बत्तिको समस्या, अधुरो विकास निर्माण लगायतका कामलाई निरन्तरता दिने उहाँले बताउनुभयो । महिलाहरुको हकहित र अधिकारका लागि जनचेतना मुलक कार्यक्रम तथा स्वरोजगारका लागि विभिन्न खाले तालिम प्रदान गरि सहयोग गरेको कस्मिरा खातुने बताउनुभयो । वडामा दुई वटा बस्ती विपन्न समुदायको बस्ती रहेको हुनाले सो समुदायका निम्ती स्तरबृद्धिका लागि शसक्त आवाज उठाउने उहाँले प्रतिवद्धता जनाउनुभएको छ । अन्यदल चुनाव आउदामात्र देखिने नेता हुन भने मेरो जनतासंग प्रत्यक्ष सम्पर्क रहेको उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *