कांग्रेस उम्मेदवार घरदैलोमा, मतदाताको मायाले उत्साहित

मुख्य खबर समाचार

नेपालगन्ज, नेपाली कांग्रेसबाट बाँकेको क्षेत्र नम्बर २ मा प्रतिनिधी सभाका उम्मेदवार सुदिप नरसिंङ राणाको चुनावी प्रचार नेपालगन्जमा प्रभावकारी बन्दै गएको छ । 

प्रतिनिधी सभाका उम्मदेवार राणासहित नेपाली कांग्रेसबाट प्रदेश सभाका उम्मेदवार सुदेन्द्रबहादुर हमालले आइतबार बेलुका नेपालगन्ज उप–महानगरपाकिला वडा नम्बर १ क्षेत्रमा चुनावी प्रचार गरे । चुनावी प्रचारका क्रममा वडा नम्बर १ मा रहेको धम्बोझी, वाटरपार्क लगायत क्षेत्रमा रहेका मतदातालाई भेट्दा आफू उत्साहित भएको राणाले सुनाए । 

‘प्रचारका क्रममा नेपालगन्जको वडा नम्बर १ मा देखिएको उत्साहले हाम्रो मनोबल उच्च भएको छ, हामीले अब चुनाव जित्ने निश्चित भइसकेको छ,’ उनले भने ‘कांग्रेसलाई चुनाव जिताउन वडा नम्बर १ का मतदाताले गरेको सत्कारले उत्साहित भएका छौं ।’  

राणा आइतबार बिहानैदेखि चुनावी प्रचारमा जुटेका थिए । यसअघि प्रचार प्रसारका क्रममा राणा डुडुवा गाउँपालिका क्षेत्र पनि पुगेका थिए । जहाँ डुडुवा गाउँपालिकाबासीले खुलेर साथ दिएका थिए ।  चुनावी प्रचारका क्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको ठुलो संख्यामा उपस्थिती रहेको थियो । शालिन र इमान्दार ब्यक्तित्वको छबि बनाएका नेता राणा युवादेखी बृद्धबृद्धासम्मको ढुकढुकी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *