काठमाडौं र आसपासका जिल्लामा भारी वर्षा

मुख्य खबर समाचार

काठमाडौं, १ असार–काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासमा मेघ गर्जनसहित भारी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले गएराति साढे १ बजे सूचना जारी गरी पछिल्लो चार घण्टा काठमाडौं उपत्यका, काभे्रपलाञ्चोक, मकवानपुर, सिन्धुली, गोरखा र आसपास भारी वर्षा मापन भएको जानकारी दिंदै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान साढे २ बजे ललितपुरको खोकनामा जलसतहले सतर्कताको तह पारेको र बढ्दो क्रममा रहेको भन्दै आज बिहान ६ बजेसम्म बागमती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन एसएमएस मार्फत् आग्रह गरेको छ ।

साथै बागमतीका सहायक नदीहरू मनोहरा, हनुमन्ते, विष्णुमती लगायतमा बहाव सतर्कता नजिक पुगेको भन्दै सूचनामा तटीय क्षेत्रमा अर्को चार घण्टा उच्च सतर्कता अपनाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *