सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको प्रमुख पर्यटकीय स्थल ‘कछुवा दह’को सरसफाई गरिएको छ ।
सरकारले २०२० लाई अन्तरिक पर्यटन बर्षको रुपमा लिने उद्घोष गरिरहेको बेला कालिमाटी गाउँपालिकामा रहेको उक्त दहको सरसफाइ गरिएको हो ।
सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा रहेको नेपाल सेनाको सबुज गणको नेतृत्वमा पर्यटकिय स्थल कछुवा दहमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा सबुज गणका गणपति कन्चन बस्नेत , कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसि, कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री तथा ईलाका प्रहरी कार्यालय कालिमाटीका प्रतिनिधिको समेतको सहभागिता रहेको थियो ।
कछुवा दह सल्यानकै दोस्रो पर्यटक स्थलको रुपमा परिचित रहेको छ ।