कोरोनाको हटस्पट बाँकेमा निषेधाज्ञा खुकुलो, प्रशासन मौन

नेपालगन्ज विशेष मुख्य खबर समाचार

नेपालगन्ज १९ जेठ –दोश्रो चरणको कोरोनासंगै बाँकेमा दोश्रो पटक कोरोनाको हटस्पट जिल्लाको रुपमा राज्यले घोषणा ग¥यो । कोरोना कहर चलिरहँदा बाँकेमा भने बजार, यातायात खुकुलो बनाउदै गएको छ । चौथो पटक निशेधाज्ञा जारीसंगै बाँकेमा जेठ २४ गतेसम्म निशेधाज्ञा लागु गरिए पनि निशेधाज्ञाको पालना भने छैन् । कोरोना कहर हुनु र अहिले उस्तै भिडभाड, पसल सुचारु, यातायात संचालनमा रहेका छन् । बाँकेमा नामको मात्रा निशेधाज्ञा रहेको स्थानियको भनाई छ । बाँकेमा दैनिक ५ देखि १० जनाको कोरोनाका कारण मृत्यु भैरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ २४ गतेसम्म लकडाउन थप गरिएको छ । नेपालगन्ज बजारका पसल खुल्ला छन, सवारीसाधन निर्वाध रुपमा चलेका छन तर स्थानिय प्रशासनको त्यसतर्फ ध्यान नगएको स्थानियको भनाई छ । स्थानिय प्रशासन र प्रहरीको लापरवाहीले निर्वाध रुपमा संचालनमा रहेका सवारीसाधन र पसल बन्द भएका छैनन् । प्रहरीको चोक चोकमा उभिने मात्र काम छ, ड्युटि पुरा गरेको मात्र देखिन्छ एक जना स्थानियले भन्नुभयो । चिने जानेकाहरुको पसललाई बन्द गराए जस्तो गर्ने र खोल्न दिने प्रबृत्ति रहि आएको एक स्थानियले भन्नुभयो । निशेधाज्ञाको पालना गर्ने होइना भने निशेधाज्ञा खोले हुन्छ उहाँले भन्नुभयो । बाँकेमा यस्तो निशेधाज्ञाको अर्थ नरहेको उहाँले बताउनुभयो ।


चोकमा मात्र कडाई गरेर लकडाउन सफल हुन्न भित्रि बाटो र भित्रि बाटोमा रहेका पसल पनि बन्द गर्न तिर प्रहरीले ध्यान दिन आवश्यक छ उहाँले भन्नुभयो । मास्क, सामाजिक दुरी कायम, सेनिटाइजर, प्रयोग केही छैन तर बजार, भिडभाड, यातायात निर्वाध चलेका छन् । कोरोनाको हटस्पट मानेको बाँकेमा प्रहरी प्रशासनको लापरवाहीले र्दैनिक कोरोनाको मृत्युदर बढेको थियो । पछिल्लो समय केही मृत्युदरमा केही कमि आएसंगै बजार खुकुलो बनाएको छ । बजार खुकुलो बनाउनु राम्रो होइना एक जना स्थानियले भन्नुभयो । कोरोनाको महामारीमा आफु सतर्क रहन आफैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।


यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने कोरोनाको मृत्यु दर र संक्रमण दर घटेसंगै लकडाउन खुकुलो बनाएको जानकारी गराउनुभयो । विहान आफ्नो गन्तव्य सम्म जान र आउनलाई सहज बनाउनको लागि लकडाउन खुकुलो बनाएको उहाँले भन्नुभयो । अत्यावश्यक बस्तुहरु ओसारपसार गर्न र अन्य कामको लागि पनि आवतजावतमा खुकुलो बनाएको प्रजिअ गेलालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *