कोरोनाबाट तरुण दलका नेता खड्काको निधन

कोरोना विशेष समाचार

नेपालगन्ज, ३२ श्रावण-बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका पालिका वडा नम्बर १ बाँकेका ३० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

मृतक पुरुष नेपाली कांग्रेसका सक्रिय सदस्य एबम् नेपाल तरुण दल बाँकेका युवा नेता राज खड्का हुन् । नेता खड्का अस्वस्थ भएपछि पिसीआर जाँच पश्चात् साउन १७ गते कोरोना पुष्टि भएपछि त्यसै दिन भेरी अस्पतालमा भर्ना भएका उनको आइतबार राती पौने १२ बजे मृत्यु भएको हो ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २५ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *