कोरोना सकेको छैन सतर्क हुन डाक्टर पारसको अनुरोध

कोरोना विशेष मुख्य खबर समाचार

नेपालगन्ज : कोरोनाको लहर अझै कायमै छ । जताततै सभा गोष्ठी, सम्मेलन, मेला महोत्सव जारी छ । भिडले झनै कोभिड महामारी नआउला भन्न सकिन्न । कोरोना आउनुभन्दा पहिले सवैले सतर्क रहन भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर पारस श्रेष्ठले भन्नुभयो ।
कोरोना तेस्रो लहर पछि पुन कोरोना संक्रमित देखिएकोले सरसफाइ र खानपानमा ध्यान दिन आवश्यक रहेको अस्पतालका फिजिसियन डाक्टर पारसले जानकारी गराउनुभएको छ । कोरोना भाइरसबाट बच्न र भाइरस नियन्त्रण गर्न भेरी अस्पतालले उच्च सर्तकता अपनाउन सुरु गरेको छ । अहिले अस्पतालहरुमा अन्य बिरामीको साथ साथै नेपालगन्जमा कोरोना संक्रमित भेटिएकोले कोरोनाबाट जोगिन सरसफाई र खानपानमा ध्यान दिन आवश्यक रहेको भेरी अस्पतालमा कार्यरत डाक्टर पारस श्रेष्ठले बताउँनुभयो । अस्पतालमा फ्लु र भाइरस ज्वरोका साथ साथै कोरोनाको उच्च जोखिम देखिन लागेकोले अस्पतालले पुर्व तयारी गरिसकेको डाक्टर शाहले बताउँनुभयो ।
कोरोनाको पहिलो, दोस्रो, तेस्रो लहरमा पनि अक्सिजन सिलिण्डर र बेडको अभाव भने नपर्ने उहाँले जानकारी दिनुभयो । यो भाइरस पनि अन्य सामान्य रुघाखोकी जस्तै श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकोले सर्तकता अपनाउन उहाँले सुझाब दिनुभयो । भाइरसबाट बच्न मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसंग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिने डाक्टर शाहले सुझाब दिनुभयो । विगतमा भएको कोरोनले धेरै जनाको ज्यान गएको हुनाले यसबाट बच्न अहिलेदेखि नै सर्तकता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *