कोहलपुरको प्रमुखमा आचार्य र उप-प्रमुखमा सुवेदी निर्बाचित

मुख्य खबर समाचार


नेपालगंज, जेष्ठ ८
बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुबेदी निर्वाचित भएका छन। मेयर पदमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुबेदीले १४ हजार ७४ मत प्राप्त गर्दै निर्बाचित हुनुभयो । मेयरमा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार खिलप्रसाद भुषालले १२ हजार १ सय ८५ मत प्राप्त गर्नुभयो भने उपमेयरमा एमालेकी अस्मिता चौधरीले १३ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो। एक उपमहानगर, एक नगरपालिका र ६ गाँउपालिका गरि आठवटा पालिका रहेको बाँकेको सबै पालिकाको नतिजा आईसकेको छ । जसमा नेपाली कांग्रेसले नेपालगंज उपमहानगरपालिका, र कोहलपुर नगरपालिकासहित ६ पालिका जितेको छ । त्यसैगरी जसपा र माओबादी केन्द्रले १/१ वटा पालिका जितेका छन । गत २०७४ सालको स्थानीय निर्बाचनमा ४ पालिका जित्दै पहिलो भएको एमाले यसपटक शून्यमा झरेको छ । एमालेले एउटापनी पालिका जित्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *