कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा शाह र प्रेस संयोजकमा ढकाल

समाचार

बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा जितबहादुर शाह र प्रेस संयोजकमा पत्रकार प्रियास्मृति ढकाल नियुक्त हुनु भएको छ। गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले शिक्षा विकास प्रबिधि मन्त्रालयका पूर्व उपसचिव शाहलाई शिक्षा विज्ञ र पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो । निजामती सेवामा प्रवेश गरेको करिब साढे २७ वर्षसम्म शाहले शिक्षा क्षेत्रमा रहेर सेवा गर्नु भएको छ । उहाँले लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा निर्देशक, बर्दिया, सुर्खेत, जुम्ला र दाङमा शिक्षा अधिकारीको जिम्मेवारी सम्हालिसक्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिका १८ निवासी उहाँले राष्ट्रिय परिक्षा बोर्ड सुर्खेतमा समेत बसेर सेवा दिनु भएको छ । सेवा निवृत्त शाह लेखक समेत रहनु भएको छ । यस्तै करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशिल ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुनुहुन्छ । कोहलपुर नगरपालिका-९ का स्थायीबासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाको कार्यकालमा तत्कालीन जिल्ला विकास समितीमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *