क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जद्वारा डुवान प्रभावित 40 परिवारका लागि खाद्यान्न सामाग्री वितरण

मुख्य खबर समाचार

बाँके-क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जकाे समुहले डुवान प्रभावित परिवारका लागि खाद्यान्न सामाग्री वितरण गरेको छ । नेपालगन्जका ४० परीवार लाई राहत को रूपमा तत्कालका लागि खाद्यान्नका बितरण गरेको क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अभियानका अभियानकर्मि डाक्टर विनोद कर्णले जानकारी दिनुभएको छ ।

राहत वितरणका क्रममा नेपालगन्ज -४ मा पुग्नुभएका अभियानकर्मि कर्णले त्यहाँकाे सल्यानि बङला देखि रेसिडेन्सियल एविसि स्कुल सम्म अझै जलमग्न रहेको बताउदै डुबानमा परेका थुप्रै परिवार को बिचल्ली भएको बताउनुभयो ।

उहाँले सौचालय देखी भान्सा सम्म तहस् नहस भएको र घर मा चुलो बाल्ने देखि सौचालयमा शाैच गर्ने सम्मकाे अवस्था समेत नरहेको भन्दै त्यहाँका बालबालिका र वृद्धवृद्वाहरु भोकभोकै हुने अवस्था सिर्जना भएको समेत उल्लेख गर्नुभयाे ।

बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहनुभएका सर्जन डाक्टर कर्णले स्थानीयकाे यस्तो दयनीय अवस्था हुंदापनि स्थानीय सरकार उनिहरु समक्ष नपुग्नु र उनिहरुकाे समस्या समाधान नहुनु दुखद भएको बताउदै यथासिघ्र उनिहरुलाई राहतको व्यवस्थाका लागि स्थानीय सरकार काम अघि बढाउन आवश्यक रहेको औल्याउँनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *