खजुराको आशा लघुबित्तद्धारा वित्तिय साक्षरता तालिम सम्पन्न

अर्थ / बाणिज्य समाचार


नेपालगन्ज, जेठ ९–आशा लघुवित्त वित्तिय संस्थाले सोमवार केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता तालिम बाँकेको खजुरामा सम्पन्न गरेको छ । एक दिने केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता तालिमको प्रमुख अतिथि आन्तरिक लेखा परिक्षण तथा बिभागीय प्रमुख बिजेन्द्र चौधरी रहनुभएको थियो ।
आन्तरिक लेखा परिक्षण तथा बिभागीय प्रमुख चौधरीले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि चौधरीले आशा लघुवित्तले गरेको काम प्रति स्रहाना व्यक्त गर्नुभयो । आशा लघुवित्तले गरेको काम र योगदान प्रति जनता सन्तुष्ट रहेको उहाँले बताउनुभयो । आशा लघुवित्तले बिपन्न बर्गहरुलाई थप उर्जा दिन न्युनतम व्याजदरमा कर्जा प्रवाह गरेर उनिहरुको सपना साकार पार्ने चौधरी बताउनुभयो ।
आशा लघुवित्त वित्तिय संस्था अन्तरगत खजुरा शाखाका केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता तालिमको सभापति आशा लघुबित्त केन्द्र नं ७७ को प्रमुख रुपमाया गौतम रहनुभएको थियो । कार्यक्रममा अथिती कोहलपुर स्टेशन अनुगमन अधिकृत राजेश भण्डारी रहनुभएको कार्यक्रमको स्वागत मन्तव्य आशा लघुवित्त खजुरा शाखाको प्रबन्धक सञ्जीत ओलीले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको सम्पुर्ण नीति नियम गुनासो सुनवाइ बचत, कर्जा सुबिधा, कर्जा दुरुपयोग, कालोसूची, सामुहिक जिम्मेवारी, केन्द्र सम्बन्धि छलफल भएको थियोे । गोष्ठीमा आर्थिक बर्ष ०७७÷०७८ सम्मका केन्द्रहरुबाट प्रथम, दित्तिय, तृत्तीय र सान्त्वना केन्द्रहरुलाई पुरुस्कृत गरिएको थियो भने कार्यक्रमको संचालन कृष्ण बोहराले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *