खजुराको जनता दुग्ध उत्पादक : जो किसानलाई हरेक बर्ष बोनस दिन्छ

स्थानीय तह

खजुरा : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले किसानलाई हरेक वर्ष नाफाको बोनस वितरण गर्दै आएको छ । किसानको लगानि रहेको उक्त सहकारीले किसानको हितमा काम गर्दे दुग्ध उत्पादन बढाउदै किसानलाई थप हौसला दिन नाफाको बोनस दिदै आएको हो ।

जिल्लामै दुग्ध उत्पादनमा महत्वपुर्ण भुमिका खेल्दै आएको जनता दुग्ध उत्पादक सहकारीले हरेक वर्ष गर्ने नाफा किसानको माझमा साधारण सभामा जानकारी दिदै आएको छ । यस वर्ष कोरोना कहरका कारण गत वर्ष भन्दा कम कारोबार र नाफा गरेपनि १६ लाख ६३ हजार नाफामै रहेको सहकारीले जनाएको छ ।

गत वर्ष ११ लाख ७७ हजार बढि किसानलाई वितरण गरेको सहकारीले यस वर्ष ८ लाख ९६ हजार ९ सय ७३ रुपैया बोनस वितरण गर्न लागेको हो । सुरुमा जनता दुग्ध स्थापना गर्ने बेला २०४६ तिर ३६ जना किसानहरु मिलेर दुग्धको काम गर्न थालेपछि २०५१ सालमा आएर सस्था दर्ता गरेरै अघि बढेको सहकारीमा हाल २४४ जना सेयर सदस्य पुगिसकेका छन ।

दुग्ध सहकारी संस्थाले नाफा वितरण गर्दे कार्यालय व्यवस्थापन सगै संस्थाको सम्पतिमा पनि वृद्धि गर्दे आएको सहकारीका व्यवस्थापक गौरव सापकोटाले जानकारी दिनुभयो । हाल सहकारी संस्थाको खजुरा र नेपालगन्जको वितरण केन्द्रको सरकारी दररेट अनुसार १ करोड ३६ लाख २७ हजार बढि सम्पति रहेको व्यवस्थापक सापकोटाले बताउनुभयो ।

संस्थाले यस वर्ष ३ करोड ५८ लाख ५८ हजार ४ सय ६६ रुपैयाको कारोबार गरिसकेको व्यवस्थापक सापकोटाले बताउनुभयो । सहकारीले किसानहरुका लागी कोभिड राहत स्वरुप ४० दिन बराबरको १ लिटरको १० रुपैया पनि प्रदेश सरकारको सहकार्यमा वितरण गरिसकेको छ ।

संस्थाको मुनाफा बाट सहकारीले घाँसको विउ खरिद गरि दुग्ध उत्पादन बढाउन किसानलाई वितरण समेत गरिसकेको सहकारीका अध्यक्ष भिम बहादुर बरुवालले जानकारी दिनुभयो । हाल ८ जना कर्मचारी कार्यरत रहेको जनता दुग्ध उत्पादक सहकारीले जगेडा कोष र अन्य कोष गरी ८८ लाख २० हजार ६ सय २९ रुपैया समेत राखेको सहकारीका अध्यक्ष बडुवालले बताउनुभयो ।

आपत विपतका समयमा तत्काल काम लगाउन सकिने गरि उक्त जगेडा कोष र अन्य कोष स्थापना गरि राखिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *