खानेपानी तथा सरसफाई सम्बन्धी सन्चारकर्मिहरुसंग अन्तरक्रिया

मुख्य खबर समाचार

नेपालगन्ज, ३० भदौ–बाँकेको खानेपानीमा थुप्रै योजनाहरु सुरुवात गरिए पनि लक्ष्य प्राप्ती भने हुन सकेको छैन । योजनाहरु थपिदै जाने तर कुनैपनि योजना निर्माण सम्पन्न नहुने यहाँको नियति नै बनेको छ । बाँकेका आठ वटै स्थानीय तहमा विभिन्न समयमा सुरु भएका ७५ वटा खानेपानीका योजनामा २ वटा योजना अलपत्र परेका छन् भने अन्य कुनैपनि योजना पुरा भएका छैनन् । जसका कारण बाँकेका १४.९० प्रतिशत घरधुरीले मात्रै पाईप प्रणालीको पानी खान पाएका छन् । भने ८५.१ प्रतिशत घरधुरी अंझै पाईप प्रणालीको पानी खानबाट बन्चित छन् । राजनितिक फाईदाका लागि यहाँको नेतृत्वले अनावश्यक ठाँउमा पनि भकाभक योजना हाल्ने तर, तिं योजना पुरा गर्न भने कुनै चासो र चिन्ता व्यक्त नगर्दा खानेपानी सम्बन्धीका योजनाहरुको भने दुर्गति मात्रै हुने गरेको छ ।
पछिल्लो समयमा भने यहाँ खानेपानी तथा सरसफाई सम्बन्धी चासो व्यक्त गर्न थालिएको छ । सुरु गरिएका योजनाहरुको प्रगतीको अवस्था यस्तै रहीरहे सरकारले तय गरेको दिगो विकास लक्ष्य प्राप्ती अवको ५० बर्ष सम्म पनि सफल नहुने खानेपानि तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख तीलक न्यौपाने ले बताउनुभएको छ । आज नेपालगन्जमा आयोजित पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा वहाँले घटेर आउने बजेट र थपिएर आउने योजनाका कारण बाँकेमा सुरु गरिएका योजना अलपत्र पर्ने गरेको जानकारी दिनु भयो । गत आर्थिक वर्षमा २४ करोड बजेट आएकोमा चालु आर्थीक वर्षमा भने १६ करोड मात्रै आएको जानकारी दिंदै वहाँले यस आर्थीक वर्षमा करिब ३३ प्रतिशत बजेट घटेर आएको उल्लेख गर्नुभयो ।
खानेपानी तथा सरसफाई सम्बन्धी सन्चारकर्मिहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला खानेपानी उपभोक्ता महासंघका उपाध्यक्ष उषा थापा, गेरुवा ग्रामीण जागरण संघका गफ्फार अलि शेख लगायत बाँकेका सन्चारकर्मिहरुको सहभागिता रहेको थियो । कृपया तलको पुरा न्युज हाल्नुहोला है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *