नेपालगन्ज, १७ चैत–जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका छन् ।
जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन्। आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाइरहेका जनमत पार्टीका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन् ।
जनमत पार्टीले पहिलेदेखि नै उद्योग मन्त्रालय माग गर्दै आएको थियो। तर, जनमतलाई खानेपानी मन्त्रालय दिइएको छ । अहिले विस्तार हुन लागेको मन्त्रिपरिषद्मा आफ्नो मन्त्रालय फेरि खानले उद्योग मन्त्रालय माग गरेका थिए । तर, उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।
खान ११ पुसमा नेकपा एमालेको नेतृत्वमा बनेको ७ दलीय गठबन्धनको सरकारमा मन्त्री बनेका थिए।
खानेपानी मन्त्री खानले दिए राजीनामा
