खुकुरी प्रहार गरी फरार रहेका ४ जना ब्यक्ति पक्राउ

मुख्य खबर समाचार


नेपालगन्ज, पुस १८- खुकुरी प्रहार गरी फरार रहेका ४ जना ब्यक्ति पक्राउ गरि सोमवार बाँके प्रहरीले सार्बजनिक गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज-१८ बस्ने विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका- २ बस्ने नारायण डाँगी, बैजनाथ गाउँपालिका-५ बस्ने प्रकाश रसाईली र नेपालगन्ज-६ बस्ने तासे भन्ने प्रकाश थापा रहेका छन। उनीहरुलाई खोजतलास गर्दै पिछा गर्ने क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं-२ दासपुर्वा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। घटनामा प्रयोग भएका २ थान खुकुरी नेपालगंजको फुल्टेक्रास्थित सडक बाटो नजिक झाँडीमा र खैरो रंगको कार डुडुवा गाउँपालिकाको नं ३ बनकट्टीबाट बरामद गरी थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। आईतवार दिउसो करिब दुई बजे नेपालगंज वडा नं ४ गणेशपुर मा ग्ए घद्द भ्ग् डटज्ञट नम्बरको भारतिय कारमा आएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले नेपालगंज वडा नं.१२ का अनुराग शाह, जानकी गाउँपालिका वडा नं.३ का उज्वल शाह र नेपालगन्ज वडा नं.४ वस्ने सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका थिए । प्रहरीका अनुसार अंग्रेजी नयाँ बर्षको साँझ नेपालगन्जको कारकादौंमा रहेको स्टारलाईट होटलमा भएको झगडाकै कारण गणेशपुरमा खुकुरी प्रहारको घटना भएको हो। घाईतेमध्ये अनुरागको अवस्था गम्भिर छ । घाइतेको लखनउमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *