खोपको पहुँच पु¥याउन नेपालगन्जमा घरदैलो र तथ्यांक संकलन शुरु ।

मुख्य खबर समाचार स्वास्थ्य

नेपालगन्ज, चैत्र २२-कोरोना विरुद्धको खोप सबै व्यक्तिको पहुँचमा पु¥याउने उद्देश्यले सामाजिक विकास मंच (एस डि एफ) ले संचालन गरेको पुनः घरदैलो तथा परामर्श कार्यक्रमलाई तिब्र पारिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा सेफ द चिल्डे«नको आर्थिक सहयोगमा जोखिम संचार र समुदाय संलग्नता परियोजना अन्तरगत नेपालगन्जका बिभिन्न वडाहरुमा संचालन गरिएको कार्यक्रमलाई तिब्र पारिएको हो ।
सोहि क्रममा आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को बिर्ता गाँउमा उक्त कार्यक्रम शुरु गरिएको छ । कार्यक्रम अन्तरगत ४६ घरधुरीमा पुगेर छलफल गर्नुका साथै तथ्यांक संकलन गरिएको छ । यसअघि पनि नेपालगन्जको ११ र १४ नम्बर वडाका बिभिन्न टोलमा मञ्चका स्वयंसेवकहरुले घरघरमा पुगेर कोरोना बिरुद्ध सचेतना फैलाएका थिए । नेपालगन्ज वडा नम्बर ११ को सदरलाईन, एकलैनी, कहारन टोल, नयाँ बस्ती र इदगाह रोडमा घरदैलो गरेर अभियान संचालन गरिएको थियो । सो क्रममा २ सय २७ घरमा हरियो, ६९ घरमा पहेलो र ३ वटा घरमा रातो स्टिकर टाँस गरिएको थियो । त्यसैगरि गत आईतबार र सोमबार नेपालगन्ज वडा नम्बर १४ को बाबुगाँउ र भाटनपुर्वाका ६६ घरधुरीमा घरदैलो गरि छलफल तथा तथ्यांक संकलन गरिएको मंचका सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो । स्टीकरले घरधुरीका मानिस कोरोना विरुद्धको अभियानमा जागरुक रहेको वा नरहेको भन्ने थाहा पाईने समेत मंचका सिनियर फिल्ड अफिसर यादवले बताउनुभयो । यादबका अनुसार खोप केन्द्रमा स्वयंसेवकको व्यवस्थापन गरेर खोप केन्द्र व्यस्थित बनाउने काममा समेत मंचले सहयोग पुर्याई रहेको छ ।


परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा कार्यक्रम गर्ने लक्ष्य रहेपनि अहिलेलाई बिशेष गरि ११, १४, १५ र २१ नम्बर वडामा अभियान संचालन गरिएको छ । कोरोना विरुद्ध सचेतनामूलक माईकिङ अभियान, खोपलाई प्रभावकारी बनाउन घरदैलो, वडाका स्वास्थ्यकर्मीसहित खोप बारेको भ्रम निवारण कार्यक्रम, सडक नाटक लगायतका कार्यक्रममार्फत सर्वसाधारणलाई खोप लगाउन प्रेरित गर्ने कार्य गरिरहेको मञ्चका सिनियर फिल्ड अफिसर यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *