गठबन्धन सरकार देश र जनता लुट्न बनेकाे : महेश बस्नेत

मुख्य खबर समाचार

बुटवल, २२ असाेज-नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले अहिलेका गठबन्धन सरकार देश र जनता लुट्न बनेको आरोप लगाउनुभएको छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भएको राष्ट्रिय युवा संघ नेपालको शुद्धोधन गाउँपालिका स्तरीय दास्रो युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले अपवित्र रुपमा खडा भएको यो सरकारले जनतालाई असन्तुष्टि र असफलता मात्र प्रवाह गरिरहेको बताउदै यो सरकार लामो समयसम्म नटिक्ने बताउनुभयो ।

उहाँले भोटका लागी झूटा आश्वासन दिने,मतदाताहरुलाई विभिन्न प्रलोभनमा पार्ने तर चुनाव जितेर गएपछि जनताको बीचमा गरेका प्रतिबद्धता पुरा नगर्ने पार्टी कांगे्रस भएको बताउदै बस्नेतले यो सरकार कुण्ठा,आक्रोश र प्रतिशोधमा बनेको ठोकुवा गर्नुभयो ।

नेता बस्नेतले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट नभएको जिकिर गर्दै उनीहरु कम्युनिष्टको आवरणमा जनतालाई शोषण गर्र्ने शक्तिको मतियार भएको आरोप लगाउनुभयो । उहाँले आगामी दिनमा युवाहरुलाई स्वरोजगार बन्न उत्प्ररेणा दिने काम गर्न नेकपा एमाले लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एंव युवा नेता राजेन्द्र कडेँल,शुद्धोधन गाउँपालिका अध्यक्ष नर बहादुर घर्ती,युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमन पुरी लगायतले बोल्दै मुलुकको मुहार फेर्न युवाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँहरुले नेकपा एमालेको सरकार हुदाँ देशमा विकास निर्माणका कार्यहरुले तिव्रता पाईरहेको स्मरण गराउदै परिवर्तनका लागी युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष एंव एमाले नेता किसनचन्द चौधरी,वडा नं.५ का अध्यक्ष एंव नेता पुण्यराम गौतम,वडा नं.३ का अध्यक्ष तथा नेता हेम बहादुर खड्का,अनेमा संघ शुद्धोधनका विष्णु कार्की,प्रदेश अध्यक्ष तुल बहादुर अधिकारी,जिल्ला कमिटि सह संयोजक विकास जंग बस्नेत लगायत युवा नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम शुद्धोधन गाउँपालिका नेकपा एमालेको इन्चार्ज किरण नेपालको अध्यक्षता,नेकपा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा युवा नेता मोति थापाको स्वागत मन्तव्य र हेमन थापाको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *