नेपालगन्ज – बैजनाथ गाउँपालिका १ च्यामाको एकमात्र बाटो हिलम्मे हुँदा स्थानियवासीलाई सास्ती खेप्न परेको थियो । २००६ सालमा बस्ती बसेको च्यामा गाउँमा अझै पनि सडकमा राम्रो ग्राभेल नहुदा स्थानियवासीलाई बारम्बार बाटोका कारण सास्ती खेप्न परेको हो । बार्खायामामा हिलम्मे र गर्मीयामामा घुलम्मे हुने गरेको बाटोलाई स्थानिय सरकारले पहल नगर्दा सधै दुख झेल्नु परेको स्थानियवासीको भनाई छ । यति पुरानो बस्तीमा अझै पनि विकास हुन नसक्दा च्यामा गाउँलाई स्थानिय सरकारले अपहेलना गरेको स्थानियवासीको आरोप छ । च्यामा जोड्ने सडकमा आवतजावत गर्न एकदम कथिनाई हुन्छ स्थानिय गणेश दहितले भन्नुभयो । सानो झरीले पनि हिड्न मुस्किल पर्छ पानीको निकास छैन सडकभरी पानी जम्छ आवतजावत नै बन्द हुन्छ उहाँले भन्नुभयो । स्थानिय सरकारले स्थानियवासीको समस्या नसुनेपछि च्यामाबासी जुरमुराए र हरेक घरधुरीबाट जतिसके नगद सक्दो रकम संकलन गरेर हेमपाईप जडान गरेका छन् । जति सके श्रमदान गरेर पनि बाटो निर्माणमा जुटेका छौं अर्का एक जना स्थानियवासीले भन्नुभयो । आफ्नो गाउँ ठाउँको बाटो विस्तार र मर्मतका लागि स्थानियवासीको एकरुपता कायम छ उहाँले भन्नुभयो । हामीले घरधुरीबाट नगद संकलन गरेर भएपनि बाटोमा हिड्न लायक बनाएका छौं उहाँले भन्नुभयो । सानो बर्षातले पनि गाउँमा जान आउन एकदम गाह्रो हुन्छ मोटरसाइकल, साइकल, अटो रिक्सा एम्बुलेन्स जान सक्ने अवस्था हुन्न उहाँले भन्नुभयो ।

यस्तै बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्लले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनाएको सडक भएको हुनाले स्थानियलाई सास्ती खेप्न परेको जानकारी गराउनुभयो । केही दिनमै ग्राभेल हाल्ने कार्य हुन्छ वडा अध्यक्ष मल्लले भन्नुभयो । वडाबाट एक लाख बजेट छुट्याएको थियो एक लाख थप पालिकाबाट माग गरेका छौं अध्यक्ष मल्लले भन्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनेको च्यामा जोड्ने सडक नयाँ भएको हुनाले समस्या भएको उहाँले बताउनुभयो । नयाँ आर्थिक बजेटमा च्यामा गाउँको लागि १२ लाख बजेट छुट्याईएको छ जसले स्तरिय ग्राभेल हालेर स्थानियलाई हिडडुल गर्न सहज बनाउने उहाँले जानकारी गराउनुभयो । च्यामा गाउँमा ८७ घरधुरी छन् ।