चालु आर्थिक बर्षको अन्त्यमा देखिएको चरम भ्रष्टाचार प्रति युवा जनस्वयंम सेवक नेपालको गंम्भिर आपत्ती ।

Uncategorized अर्थ / बाणिज्य मुख्य खबर समाचार स्थानीय तह

चालु आर्थिक बर्षको अन्त्यमा दलाल तथा भ्रष्टाचारको चरम र नाङ्गो रुप देखिन थालेको भन्दै युवा जनस्वयंम सेवक नेपालले प्रेस बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
केन्द्रीय सदस्य तथा संयोजक प्रकाश शर्मा द्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भौतिक बिकास निर्माणका कामहरु शक्ती र पहुचको भरमा संसदीय सत्ताशिन दलका कार्यकर्ता तथा तिनका आसेपासेले जिम्मा लिएका भौतिक निर्माणका कामहरु सम्पन्न नै नगरी रातारात गुनस्तरहिन निर्माणका नक्कली बिल र कागजात पेश गरी सम्बन्धीत निकायको मिलोमतोमा हुन लागेका कैयन असारे भुक्तानिले करौडौ राज्यकोषको दुरुपयोग हुन् लागेको उल्लेख गर्दै यस्तो फेक कागजातको भरमा पहुचवालालाई गर्न लागिएको भुक्तानी रोक्न बाँके जिल्लाका सबै स्थानिय तहमा भौतिक निर्माणका कार्यमा संलग्न सरकारी कार्यालयहरुलाई चेतावानी दिन चाहान्छौं, भनिएको छ ।
चेतावनीलाई अटेर गरी गैरजिम्मेवारपुर्ण कार्य नरोकिए आफुहरु प्रतिरोध गर्न बाध्य हुने कुरा समेत सो विज्ञप्तीमा भनिएको छ । साथै यसबाट निस्कीने गम्भीर परिणामको भागिदार स्वयंम् सम्बन्धीत स्थानिय तह र सम्बन्धित सरकारी कार्यालयहरु हुने कुरा समेत जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *